कैलालीमा ६३ जना सैनिकलार्ई कोरोना पुष्टि

कैलालीमा ६३ जना सैनिकलार्ई कोरोना पुष्टि

काठमाडौँ । कैलालीमा कार्यरत ६३ जना सैनिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरू सबै लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत छन् । यसअघि शिक्षालयमा कार्यरत चारजनामा सेनामा संक्रमण पुष्टि भएपछि २ सय ४५ जनाको स्वाब गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो । यसअघि डोटीमा कार्यरत २१ जना सैनिकमा पनि एकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार