इप्रका चन्द्रनिगाहपुरका डीएसपीसहित २० जना प्रहरीलाई कोरोना संक्रमण

इप्रका चन्द्रनिगाहपुरका डीएसपीसहित २० जना प्रहरीलाई कोरोना संक्रमण

काठमाडौँ । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित २० जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधवार बिहान आएको रिपोर्टमा रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी), दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारि दिएका छन ।

एसपी शाहका अनुसार ठूलो संख्यामा प्रहरी काेराेना संक्रमण देखिएपछि उक्त इलाका प्रहरी कार्यालयलाई सेनेटाइज गरि भौतिक दुरी कायम गरेर कामकाजलाई निरन्तरता दिएको छ।

यस्तै संक्रमण पुष्टि भएका प्रहरीलाई चन्द्रपुर-२ मा रहेको आइसोलेसनमा पठाइएको र इलाका प्रहरी कार्यालयमा जिल्लाबाट थप टोली पठाएको छ । गत शुक्रवार प्रहरी र स्थानीयसहित ४१ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा २० प्रहरी र ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार