नेकपा परित्याग र नेपाली काँग्रेस प्रवेश किन ?

नेकपा परित्याग र नेपाली काँग्रेस प्रवेश किन ?

पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य एवंम हाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रुकुम पूर्वका जिल्लाका सदस्य पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० तकसेरा निवासी तेजेन्द्र बुढा मगर (खाम) सहित केहि कार्यकर्ताहरु केहिदिन अघि नेपाली काँग्रेसमा प्रवेश गरेका छन । लामो समय सम्म पूर्व माओवादी पार्टी र उसका विभिन्न जनवर्गिय संगठनमा आवद्ध भएर काम गर्नुभएका खाम नेपाली काँग्रेसमा प्रवेश गरेपछि अहिले सामाजिक सञ्जालहरुमा विभिन्न किसिमका टिकाटिप्नीहरु भैईरहेका छन  । यसै सन्दर्भमा काँग्रेसमा प्रवेश गर्नुभएका खामले आफुले नेकपा परित्याग र नेपाली काँग्रेसमा प्रवेश किन भन्ने कुरामा आफनो धारणा सामाजिक सञ्जाल फेशबुक मार्फत सार्वजनिक गर्नुभएको छ । हामीले उहाँले फेशबुकमा लेखेको कुरा जस्ताको त्यस्तै यहाँ राखेका छौ । मेरा सबै शुभचिन्तक साथीहरुमा हार्दिक अभिबादन छ, नमस्कार ।

पार्टी परित्याग र प्रवेश किन ?
धुव्र जी , सुमन बुढा , देब मगर लगायतले फेसबुक मार्फत सार्बजनिक गरिएको नेकपा परित्याक गरि नेकामा प्रवेश गरिएको बिषयमा धेरै साथीहरु बाट टिकाटिप्नीहरु आएका छन । यी टिकाटिप्नीहरु सबै मेरो र नेपाली जन्ताहरुको भविष्यको बारेमा चिन्ता गरि गरिएको कारण सबै टिकाटिप्नीलाई मैले सकारात्सम रुपमा स्वीकार गरेको छु । यहि सुझाबहरु भविष्यमा मेरो लागि र नेपाली जनताहरुको पूर्ण स्वतन्त्रता समाबेसी अधिकारको लागि मलाइ दिएको मैले गर्नु पर्ने काममा सहयोग मिल्ने छ भन्ने आशा गरेको छु ।

पार्टी परित्यागका बारेमा
नेकपा मा २१ बर्ष काम गरेको छु । यस अगाडि सबै साथीहरुको सहयोगमा नेपाल मगर संघमा सबै साथीहरुको सहयोगमा रुकुम जिल्लामा १० बर्ष नेत्रीत्व गरियो । मेरो जीवन को आधा समय नेपाली जनताहरुको लागि नै खर्चेको छु । अहिले यो बुडेसकालमा पनि नेपाली उत्पिडित जनताहरुको लागि अझ काम गर्ने मेरो इच्छा हो । तर मेरो आमा पार्टी नेकपा ले यो बुढेसकालमा काम गर्न सक्दैन भनेर होला ? एउटा वडाको जिम्मा समेत दिन सकेन । यहि कारणले पार्टी परित्याग गरिएको हो ।

नेकामा प्रवेश किन ?
यस अबस्थामा नेपालमा कम्यूनिस्ट छ भने किरण , विप्लबहरु छन । त्यहाँ जान सकिएन । नेपालमा अहिले हामी बहुदलिय प्रजातान्त्रिक अभ्यास गर्दै छौ । यो अभ्यास गर्न मात्र नेकामा प्रवेश गरेको हो । नेकपा भन्दा नेका का्रन्तिकारी देखेर होइन । प्रचण्ड जी ले पार्टीलाई एमालेमा लैजानु र मेरो नेका मा प्रवेश त्यति आकास पातालको फरक होइन । अन्तमा सबै साथीहरुमा न्यानो अभिबादन छ । नमस्कार ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार