दाङमा गाडीको ठक्करबाट १८ वर्षीय युवकको मृत्यु

दाङमा गाडीको ठक्करबाट १८ वर्षीय युवकको मृत्यु

काठमाडौँ । आज बिहान दाङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका ३ निवासी १८ वर्षीय प्रकाश कुँवर रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । कुँवरको उपचारको क्रममा आज बिहान सवा ७ बजे लमहीमा मृत्यु भएको हो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार