स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ।