गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा रहेको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका २८, गोरखा र कास्कीका एक/एक जना रहेका छन् । उनीहरू सबै कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट कोरोना पुष्टि भएको हो ।

संक्रमित ६ देखि ६३ वर्ष उमेर समूहका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार