पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले खुलामञ्चमा खाना बाँडे

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले खुलामञ्चमा खाना बाँडे

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले बुधबार खुलामञ्चमा पुगेर खाना बाँडेका छन्। कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । यही क्रममा पूर्वप्रधानमन्त्री भट्टराई बुधबार बिहान खाना बाँड्न पुगेका हुन्। भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेकी थिइन्।

विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खाना बाँड्ने काम गरेका थिए । खाना बाँड्ने क्रममा भट्टराईले खाना खाने लाइनमा बसेकाहरुसँग कुराकानी समेत गरे थिए। कुराकानीमा कतिपयले आफ्नो बाध्यता पनि पूर्वप्रधानमन्त्री  भट्टराईलाइ सुनाएका थिए ।

६ महिनादेखि विपन्नलाई खाना खुवाइरहेको हाम्रो टिम नेपाल नामक संस्थालाई हौसला बढाउन उनी खुलामञ्च आएका हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । भट्टराईले राज्यले गर्नुपर्ने काम गरेको भन्दै सह्राहना गरे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार