कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टर सापकोटाको कोरोनाबाट मृत्यु

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टर सापकोटाको कोरोनाबाट मृत्यु

सुर्खेत । कारोनाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डाक्टर हरिप्रसाद सापकोटाको बिहीबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर सापकोटाको उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा बिहिबार दिउँसो करिब ३ ब मृत्यु भएको हो।

कोभिड–१९ पुष्टि भएपछि डाक्टर सापकोटा दुई सातादेखि नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज‌मा उपचाररत थिए । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । ५९ वर्षीय अर्थोपेडिक सर्जन सापकोटा १४ वर्षदेखि कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए।

योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । मंगलबार घरमै मृत अवस्थामा भेटिएकी ३५ वर्षीया एक महिलामा बुधबार कोरोना पुष्टि भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार