आइतबार सुनचाँदीको भाउ बढ्यो

आइतबार सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज आइतबार बढेको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार