रुकुम प्रशासनको अनुरोध : ‘यसपटक जो जहाँ छौं, त्यहीँ चाडपर्व मनाऔं’

रुकुम प्रशासनको अनुरोध : ‘यसपटक जो जहाँ छौं, त्यहीँ चाडपर्व मनाऔं’

मुसिकोट । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लावासीलाई यस वर्ष जो जहाँ छ, त्यहीँ बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघट लगायतका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न सबैलाई अनुरोध गरेको छ ।

बिहिबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी गरिएको सूचनामा जिल्लावासीलाई ८ बुँदे सुझाव दिइएको छ । धार्मिकस्थलमा धर्म परम्परालाई निरन्तरता दिई नित्य पूजाअर्चना मात्र गर्न, दशैँमा फूलपाती भित्र्याउने काम साङ्केतिक रूपमा गर्न, खेलकूदका कार्यक्रम, जात्रा, मेला तथा उत्सव नगर्न प्रशासनले आग्रह गरेकाे छ।

त्यस्तै पसल, व्यवसाय, यातायातका साधन सञ्चालन गर्दा व्यवसायीले मास्क, सेनिटाइजर, ग्लोब प्रयोग गरी सामाजिक दुरी कायम गर्नुपर्ने सूचनामा उल्लेख छ । चाडपर्वका समयमा हुन सक्ने लुटपाट, चोरी, डकैती, झैझगडा लगायतका अपराध तथा आगलागी, विष्फोट जस्ता घटनाबाट बच्न समेत उच्च सतर्कता र सावधानी अपनाउन  प्रमुख जिल्ला अधिकारी गैह्रेले सबैलाई अनुरोध गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जारी गरेको सूचना : 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार