सिडिओ र सुरक्षा प्रमुखलाई दसैँ बिदामा जिल्ला नछाड्न गृहको निर्देशन

सिडिओ र सुरक्षा प्रमुखलाई दसैँ बिदामा जिल्ला नछाड्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले दसैँ बिदामा जिल्ला छोड्न नपाउने भएका छन्। सोमबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दसैँको बिदाका समयमा पनि जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइएको जानकारी गराएको हो।

दसैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपायहरू अवलम्बन गर्न गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ, गृहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कोभिड-१९ को संक्रमण नेपालमा तिव्ररूपमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौति थपिएको भन्दै मन्त्रालयले यस्तो निर्देशन गरेको हो। चाडपर्वमा मानिसहरूको आवतजावत बढ्ने हुँदा संक्रमण थप बढ्न सक्ने जोखिम रहेको मन्त्रालयको आँकलन छ। यसका साथै मन्त्रालयले आम नागरिकमा पनि आफू भएकै स्थानमा दसैँ मनाउन आग्रह गरेको छ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पनि पालना गर्न मन्त्रालयको अनुरोध छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार