मन्त्री सुवेदीलाई ज्वरो आउने र रुघाखोकी लाग्नेसहितका लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेशनमा बसेका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए । यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएकोको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह कोरोना सङ्क्रमित भई हाल काठमाडौँमा उपचाररत छन् । गएको कात्तिक १५ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका स्वकीय सचिव जङ्गबहादुर विकले मन्त्री शाहको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए । रासस