सल्यानमा बस दुर्घटना, ६ जना घाइते

सल्यानमा बस दुर्घटना, ६ जना घाइते

मुसिकोट । नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ आउँदै गरेको ना ४ ख ६६१५ नम्बरको यात्रुवाहक बस सल्यानमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बस सल्यानको कुमाख गाउँपालिका-२ खारखोलामा दिउँसो ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते हुनेहरूमा सल्यान कुमाख गाउँपालिका-४ की ४० वर्षीया देवी बुढाथोकी, ५० वर्षीया छाया शाही, कुमाख गाउँपालिका १ का १५ वर्षीय नीमबहादुर बुढाथोकी, रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ की ३८ वर्षीया साउनि गोसाई र ४० वर्षीय खडकबहादुर गोसाई रहेको र एक जनाको परिचय नखुलेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिएका छन ।

घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ । बस सडकबाट झण्डै ३० मिटर तल खसेको हो । बसमा २५ जना सवार रहेको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । बसका चालक र सहचालक भने फरार रहेको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार