कांग्रेसले मंसिर २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

कांग्रेसले मंसिर २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

फाईल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले तनहुँमा पाटिका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ ।

बुधबार गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको थियो। घटना लगत्तै आक्रोशित भएर सडकमा उत्रेको कांग्रेसले त्यसलाई मुद्दा बनाएर योजनाबद्ध रुपमा सडकमा आउने निर्णय गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए। उनले देश सञ्चारसँग भने, ‘सरकारको दमन, स्वेच्छाचारी गतिविधिविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको छ।’

विरोधसभालाई शीर्ष नेताहरुले जिल्ला जिल्ला पुगेर सम्बोधन गर्ने उनले बताए। विपक्षी कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको, कोरोना महामारीलाई व्यवस्था गर्न नसकेको ठहर पनि गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार