मतदाता नामावली संकलन रोक्न निर्वाचन आयोगको निर्देशन

मतदाता नामावली संकलन रोक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले हाल जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ। सोमबार आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचन मिति तय गरेसँगै आयोगले मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको हो। सरकारले २०७८ बैसाख १७ गते र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको सन्दर्भमा उल्लेख गर्दै मतदाता नामावली संकलन बन्द गर्न भनिएको हो। अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्न आयोगले भनेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार