पूर्वप्रधानमन्त्री भट्टराईको अन्तर्वार्तालाई लिएर सञ्चार मन्त्रालयले सोध्यो रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण

उजेली न्यूज
प्रकाशित मिति :

पूर्वप्रधानमन्त्री भट्टराईको अन्तर्वार्तालाई लिएर सञ्चार मन्त्रालयले सोध्यो रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण

वैशाख १६ काठमाडौं
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ । यसअघि रेडियो नेपालले सोमबार नै विज्ञप्ति जारी गरेर सो  अन्तर्वार्ताको  बिषयमा माफी मागेको थियो ।

जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो । यो मन्त्रीस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिएको हो ।  कार्कीलाई के कसो भएको हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

रेडियो नेपालमा सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’  कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई अतिथि बनाइएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार