सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई माग भएको सूचना उपलब्ध नगराउँदा १५ हजार रुपियाँ जरिवाना तोकिएको छ ।

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले बिहीबार जारी गरेको विज्ञप्तिमा निज यादवलाई सिरहा जिल्लाको नगरपालिका–७ निवासी परशुराम साहले सूचना माग गर्नुभएको थियो ।

आयोगले जेठ २३ गते सोही विषय पुनरावेदन भएको जनाएको छ । सो सन्दर्भमा आयोगले सात दिनभित्र सिरहा नगरपालिकाको कार्यालयलाई लिखित ब्यहोरा पठाउन आदेश दिएको थियो ।

आयोगले सूचना उपलब्ध गराउन पटक–पटक दिएको आदेशपछि पनि यादवले सूचना उपलब्ध नगराउँदा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम कारबाहीको ब्यहोरा जानकारी गराएको जनाएको छ ।

कारबाहीको चेतावनीसहितको ब्यहोरा पश्चात् पनि सूचना उपलब्ध नभएपछि माघ ३ गते आयोगमा पुनः उजुरी प¥यो ।

नेपालको संविधान, २०७२ को धारा २७ मा प्रत्येक नागरिकले आफ्नो सरोकारको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको छ । यसपश्चात् आयोगबाट प्राकृतिक न्यायको सिद्धान्त बमोजिम यादव पूर्णतः गैर जिम्मेवार देखिएको औँल्याएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार