दाङका ट्राफिक प्रहरी प्रमुख मल्लले लिए पत्रकारसँग सुझाव

दाङका ट्राफिक प्रहरी प्रमुख मल्लले लिए पत्रकारसँग सुझाव

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा हालै सरुवा भएर आउनुभएका जिल्ला ट्राफिक प्रमुख किरण मल्लले घोराहीमा क्रियाशील पत्रकारहरुसँग दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनबारे सुझाव लिनुभएको छ ।

उहाँले पत्रकारहरुबाट जिल्लाको सडक अवस्था, ट्राफिक व्यवस्थापनका समस्या, ट्राफिक प्रहरीप्रतिको गुनासोलगायतका बिषयमा रायसुझाव लिनुभएको हो ।

सो क्रममा पत्रकाहरुले दाङमा राजमार्ग, सहरी क्षेत्र र ग्रामीण क्षेत्र गरी फरकफरक तीन प्रकृतिका सडक भएकाले ती सडकमा दुर्घटना न्यूनीकरण गर्न फरक फरक रणनीति अख्तियार गर्न सुझाव दिएका थिए ।

साथै उनीहरुले प्लस टू तहका विद्यार्थी र रातको समयमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकप्रति विशेष निगरानी राख्न पनि सुझाव दिएका थिए । बजार क्षेत्रको अस्तव्यस्त पार्किङ र निर्माणाधीन सडकका कारण दाङमा धेरै दुर्घटना हुने गरेकोतर्फ पनि पत्रकारहरुले ट्राफिक प्रमुखको ध्यानार्षण गराएका थिए ।

सबैको सुझाव सुनेपछि ट्राफिक प्रमुख मल्लले दाङबासीको सुझाव र प्रचलित नियमकानुनको अधिनमा रहेर ट्राफिक व्यवस्थापनलाइ प्रभावकारी बनाइने बताउनुभयो । ‘म जति बस्छु राम्रो गर्ने प्रयास गर्ने छु, तपाइँहरु आलोचनात्मक चेतसहित हामीलाई रचनात्मक सुझाव दिइरहनुहोला’– उहाँले भन्नुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार