लघुवित्तका कर्मचारीले बुझाए सिडिओलाई ज्ञापन पत्र

लघुवित्तका कर्मचारीले बुझाए सिडिओलाई ज्ञापन पत्र

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तलाई ज्ञापन पत्र बुझाउदै मञ्चका अध्यक्ष देब सिंह ठकुरी र महासचिब गोबिन्द थापा ।

मुसिकोट । लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चका अध्यक्ष देब सिंह ठकुरीको नेतृत्वमा पुगेको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

लघुवित्त वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुलाई अभर्द्र व्यवहार गरेको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर लघुबित्त बित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तलाई ज्ञापन पत्र बुझाएका हुन ।

मंगलबार मात्रै जाजरकोटको भेरी नगरपालिकामा एनआइसी एशिया लघुवित्तका कर्मचारीमाथि मोसो दलिएको थियो। मासिक किस्ता उठाउन गएका लघुवित्तका एक जना कर्मचारीमाथि दुई जना व्यक्तिले मोसो दलेको घटना प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

बैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न सुरक्षा प्रत्याभूति गराउनका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको महासचिव गोविन्द थापाले जानकारी दिनुभयो ।

रुकुम पश्चिममा हाल १० वटा लघुवित्त संस्थाले काम गरिरहेका छन् ।

यस्तै गृह मन्त्रालयले बैंक तथा वित्त संस्था र ती क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गरेको छ।

पछिल्ला दिनहरूमा बैंक तथा वित्त संस्थाका कर्मचारीमाथि दुर्व्यवहार भएको र सुरक्षाको चुनौती समेत रहेको गुनासो बढेपछि मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेर सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न निर्देशन दिएको हो।

ज्ञापन पत्र :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार