सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन रुकुम प्रहरीको अनुरोध

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन रुकुम प्रहरीको अनुरोध

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सभ्य एवं सुरक्षित तवरले यस बर्षको होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन जिल्लाबासीलाई अनुरोध गरेको हो ।

प्रहरीले आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराइले इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गरिने बताउनुभयो ।

यस्तै प्रहरीले कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल प्रहरीको हटलाइन नं १००, ०८८-५३०१८७, ९८५७८९०५५० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

यसवर्षको होली पर्व पहाडी जिल्लामा सोमबार र तराई मधेशका जिल्लामा मंगलबार मनाइँदै छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार