प्रशासन सेवामा २१७ जना अधिकृत नियुक्तिका लागि आयोगको सिफारिस

प्रशासन सेवामा २१७ जना अधिकृत नियुक्तिका लागि आयोगको सिफारिस

लोकसेवा आयोगले प्रशासन सेवातर्फ २१७ जना शाखा अधिकृत नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगको विज्ञापन नम्बर १६६९९।०७९/८० (खुला), १६७००।०७९/८० (महिला), १६७०१।०७९/८० (आदिवासी जनजाति), १६७०२।०७९/८० (मधेसी), १६७०३।०७९/८० (दलित), १६७०४।०७९/८० (अपाङ्ग) र १६७०५।०७९/८० (पिछडिएको क्षेत्र) तर्फ २ सय १७ जनाको नाम नियुक्तिका लागि सिफारिस गरिएको हो।

आयोगले अन्तर्वार्ता र लिखित दुवैमा सफल भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा उनीहरूको नाम मंगलबार प्रकाशित गरेको छ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखापरीक्षण सेवा र सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा नियुक्तिका लागि सिफारिस भएको हो।

viber sharing button

हेर्नुहोस् सूची :

       

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार