भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको चुरे गाउँपालिकास्थित भासु भीर नजिक विद्युतीय धराप (एम्बुस) बिष्फोट हुँदा चार जना घाइते भएका छन् ।
जेसिबीमार्फत सडक चौडा तथा मर्मत गरिरहेको समयमा अचानक एम्बुस बिष्फोट हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा, डडेल्धुराका विकास थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने अन्य तीन जना घाइतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
द्धन्दकालमा उक्त क्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच लडाई भएको थियो। बुधवार बिष्फोट भएको बिद्युतीय धराप पनि द्धन्दकालकै भएको अनुमान गरिएको छ ।