मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमको नवनिर्मित (वीपी स्मृति भवन) पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
बुधबार जिल्ला सदरमुकाम मुसिकोट खलंगामा रहेको पार्टीको भवन नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभएको हो ।
३ तले १४ कोठाको भवन एक करोड १४ लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लाल बहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टिको भवन निर्माणको लागि विभिन्न व्यक्ति तथा निकायहरुबाट एक करोड ११ लाख ३३ हजार रकम प्राप्त भएको छ ।
भवन उद्घाटन कार्यक्रममा पार्टिका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उक्त भवन २०७३ जेठ ५ गते पार्टीका तत्कालीन महामन्त्री डा. शशांक कोइरालाले शिलान्यास गर्नुभएको थियो ।