काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयको निर्णय अनुसार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। त्यस्तै, महेन्द्र कुमार सापकोटालाई सल्यानबाट सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको सिडिओ तथा बाराका धर्मेन्द्र कुमार मिश्रलाई गोरखाको सिडिओको जिम्मेवारी दिइएको छ। खोटाङका सिडिओ रेखा कँडेललाई दोलखा पठाइएको छ।
यसैगरी झापा, रौतहट, रोल्पा, पर्वत, डडेलधुरा, जाजरकोट, भोजपुर, सल्यान र म्याग्दी लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीको समेत हेरफेर गरिएको छ।
यस्तो छ सूची


