आइतबार बस्ने भनिएको कांग्रेस बैठक स्थगित

आइतबार बस्ने भनिएको कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

अब बैठक कहिले बस्ने भन्नेबारे खुलाइएको छैन। पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द हुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार