बाँके । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३२ वटा आईसीयू शय्या (बेड) थप गरिएको छ । कोरोना वाहेक अन्य विरामीहरुको उपचारलाई समेत ध्यान दिएर अस्पतालको नेपालगन्ज र कोहलपुर स्थित शिक्षण अस्पतालमा आइसियु बेड संख्या, भेन्टिलेटर र उपकरणहरु बृद्धि गरेर क्षमता विस्तार गरीएको अस्पतालले जनाएको छ । यस्तै १२ वटा भेन्टिलेटर पनि तयारी अवस्था राखिएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गम्भीर बिरामीलाई धानेको बाँकेमा अहिलेसम्म आईसीयू र भेन्टिलेटरको अभाव नरहेको र अब झनै अभाव हुने सम्भावना कम भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन।