शिक्षकको राष्ट्रिय किताबखानाले भदौ २९ गतेभित्र शिक्षकलाई सम्पत्ति विवरण पठाउन आग्रह गरेको छु । राष्ट्रिय किताबखाना (शिक्षक) ले सूचना जारी गर्दै साउन १ गतेदेखि भदौ २९ गतेभित्र राष्ट्रिय किताबखानामा सम्पूर्ण शिक्षकको सम्पत्ति विवरण पठाउन सूचित गरेको हो ।
सूचनामा भनिएको छ ‘प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान भएकोले त्यस जिल्ला अन्र्तगत सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका शिक्षकहरुको आ.व. २०७८/०७९ को सम्पत्ति विवरण पठाउने व्यवस्था गर्नु÷गराउनु हुन अनुरोध छ ।’
सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको विवरण पठाउने व्यवस्था गर्न गराउन सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ ।