चौरजहारी नगरपालिकाले सञ्चालनमा ल्यायो कल सेन्टर

चौरजहारी नगरपालिकाले सञ्चालनमा ल्यायो कल सेन्टर

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सम्पर्क केन्द्र (कल सेन्टर) स्थापना गरेको छ ।

बिहिबार नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाबाट सञ्चालन भएका एम्बुलेन्स तथा अन्य आपतकालिन सेवाको सहजताको लागि कल सेन्टर स्थापना गरेको जनाएको छ ।

यस कार्यले सर्वसाधारणलाई आपतको बेलामा स्थानीय सरकारले साथ दिन सक्ने विश्वास गरिएको छ ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एम्बुलेन्स सेवा तथा अन्य आपतकालिन सेवाको व्यवस्थित र सहज पुहँच स्थापनाको लागि कल सेन्टर स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार यस सेवाको लागि सर्वसाधारणले ९८५८०६७२११ मोबाईल नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नेछन् ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार