रुकुमपूर्वमा गठबन्धनको तर्फबाट घर्ती, ओली र केसीको उम्मेदवारी दर्ता

रुकुमपूर्वमा गठबन्धनको तर्फबाट घर्ती, ओली र केसीको उम्मेदवारी दर्ता

रुक्मकोट । आगामी मंंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि गठबन्धनको तर्फबाट रुकुम पूर्वमा मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा तर्फ लुम्बिनी प्रदेशका पूर्व सभामुख पूर्ण घर्तीले मनोनयन दर्ता गराउनु भएको छ । घर्तीको प्रस्तावबकमा लालबहादुर विसी र समर्थनमा भिमकुमारी पुन रहनु भएको छ ।

प्रदेश निर्वाचन क्षेत्र (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली र प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै, नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभामा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेशसभातर्फ (क) मा तेजेन्द्र बुढा र (ख) मा भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ ।

यसैगरी, राप्रपाबाट प्रतिनिधिसभामा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेशसभा (ख) मा केशवचन्द समालले मनोनयन दर्ता गराएका छन् । निर्वाचन प्रदेशसभा (क) मा भने राप्रपाले उम्मेदवारी उठाएको छैन ।

यस्तै मङ्गोल नेसनल अर्गनाइजेशनबाट प्रतिनिधिसभामा रतनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीबाट प्रदेशसभा (क) मा पुरा पुन र (ख) बाट लेखन बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधिसभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् । यस्तै १४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामामा एक जनाले स्वतन्त्र मनोनयन दर्ता गर्दा प्रदेशसभामा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा चन्द्रराज झाँक्रीले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रदेशसभा (क) मा रामसुर बुुढामगर, सङ्गम रोका, सुरुल पुन, कालिप्रसाद रोका, ओमकुमारी शाही, दुतकुमार पुन छन् ।

यस्तै, प्रदेशसभा (ख) बाट गजेन्द्रबहादुर ओली, नरहरि खड्का, भीमबहादुर खड्का, केशव रावल, पूर्णजङ्ग सिंह, दलप्रसाद कामी, सुरेश थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार