बैशाख १९ काठमाडौ
भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन दुई हप्ता थप गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण विश्वभर महामारीको रुपमा फैलिएको अवस्थामा भारतले दुई हप्ता लकडाउन थपेको हो ।
गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा भारत सरकारले थप दुई हप्ता लकडाउन बढाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
लकडाउन अब जेठ ४ गतेसम्म जारी रहनेछ भने अत्यावश्यक सेवाबाहेक सवारी साधन बन्द रहनेछन् ।