काँग्रेसको ‘आन्तरिक विशेष अभियान’ रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा सम्पन्न

काँग्रेसको ‘आन्तरिक विशेष अभियान’ रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा सम्पन्न

मुसिकोट । पार्टीको आन्तरिक विशेष अभियान अन्तर्गत नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्लाका ६ वटै स्थानीय तहमा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका ६ वटै स्थानीय तहमा आन्तरिक विशेष अभियान अन्तर्गत विभिन्न कार्यक्रम संचालन गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सह–सचिव यज्ञ बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन २३ गते मुसिकोट नगरपालिका, साउन २४ गते चौरजहारी नगरपालिका, २५ गते त्रिवेणी गाउँपालिका, २६ गते बाँफिकोट गाउँपालिका, २७ गते सानीभेरी गाउँपालिका र आज आठबीसकोट नगरपालिकामा अभियान अन्तर्गत कार्यक्रम भएका छन् ।

पालिकाहरुमा भएको कार्यक्रमा कार्यकर्ता भेला, सेवा दल गठन, संगठन सुदृढिकरण, विस्तार तथा आन्तरिक समस्याका विषयमा छलफल लगायतका कार्यक्रम गरिएको जिल्ला सह–सचिव बिष्टले जानकारी दिनुभयो ।

पार्टी सुदृढिकरण र संगठन विस्तारका लागि थालिएको अभियानको लागि काँग्रेसले जिल्लामा केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई पठाएको छ । उहाँकै उपस्थितिमा पालिकाहरुमा कार्यक्रम भएको हो । आज पालिकाहरुमा कार्यक्रम सकाएको काँग्रेसले मंगलबार जिल्लामा काँग्रेसबाट निर्वाचित जनप्रनितिहरुसंग पनि अन्तरक्रिया गर्ने छ ।

यस्तै बुधबार पालिकाहरुमा भएका कार्यक्रम र त्यहाँबाट आएका गुनासा, सुझाव लगायत बिषयमा जिल्लास्तरिय समिक्षा गर्ने नेपाली काँग्रेसले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार