उपमेयर सिं‌हको सम्झनामा विद्यालय पुनर्निर्माण गर्दै नेविसंघ

उपमेयर सिं‌हको सम्झनामा विद्यालय पुनर्निर्माण गर्दै नेविसंघ

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले भूकम्पमा परेर निधन भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह ठकुरी स्मृतिमा विद्यालय भवन पुनर्निर्माण गर्ने भएको छ।

कात्तिक १७ गते गएको भूकम्पमा परेर उपमेयर ठकुरीको मृत्यु भएको थियो।

नलगाड नगरपालिका वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नेविसंघले पुनर्निर्माण गर्न लागेको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभयो ।

‘उपमेयर ठकुरीको सम्झनामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनर्निर्माण गर्न लागेका हौं,’ उनले भने। साथै नेविसंघले जाजरकोट खलंगास्थित हनुमान प्राथमिक विद्यालय पनि पुनर्निर्माण गर्ने भएको छ।

भूकम्पबाट अभिभावकविहीन भएका बालबालिकाको शिक्षाका लागि पनि पहल गरिने उनले बताए। नेविसंघले जाजरकोट पुगेर राहत सामग्री पनि वितरण गरेको छ भने आन्तरिक रूपमा पैसा संकलन गरेर ७ लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरिने नेविसंघले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार