राडिबजार आउँदै गरेको अटो दुर्घटना हुँदा सात जना घाईते

राडिबजार आउँदै गरेको अटो दुर्घटना हुँदा सात जना घाईते

आठविसकोट । शुक्रबार बिहान रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ९ स्थित खहरेपिपलमा अटोरिक्सा दुर्घटना हुँदा सात जना घाईते भएका छन् ।

आठविसकोट नगरपालिका १० को काफलचौरबाट वडा नम्वर ९ को राडि बजारतर्फ आउँदै गरेको रा १ ह ४८०२ नम्वरको अटोरिक्सा दुर्घटना भएको हो ।

आठविसकोट नगरपालिका प्रमुख रबि केसीका अनुसार दुर्घटनामा परेर घाईते सात जनालाई उपचारका लागि आठविसकोट नगर अस्पतालमा ल्याईएको छ ।

घाईते हुनेहरुमा अटो चालक आठविसकोट नगरपालिका १० निवासी १९ वर्षिय दिपक खत्री, बाँफिकोट गाउँपालिका ७ का अन्दाजी ४९ वर्षिय नन्दराम पुन, ४२ वर्षिय मदन कुसारी, १८ वर्षिया करुणा कुसारी र उहाँका ११ महिनाको छोरा तेज बिक्रम कुसारी हुनुहुन्छ । त्यसैगरी आठविसकोट नगरपालिका १२ निवासी १८ वर्षिया कल्पना बिक र उहाँकी १ वर्षिया छोरी दुर्घटनामा परेर घाईते हुनुभएको छ ।

घाईतेहरु मध्य अटो चालक खत्री र बाँफिकोटका नन्दराम पुनको टाउको र खुट्टामा चोट रहेको छ । अन्य सबैको अवस्था सामान्य रहेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार