बाँफिकोटमा एमाले र युवा संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

बाँफिकोटमा एमाले र युवा संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

मुसिकाेट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेकपा (एमाले) गाउँकमिटी र राष्ट्रिय युवा संघ नेपाल गाउँकमिटीको संयुक्त आयोजनामा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान, चियापान तथा सन्देशमूलक बाइक र्‍याली कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्यलाई स्वागतसमेत गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेता–कार्यकर्ता, जनवर्गीय संगठनका प्रतिनिधि तथा पार्टीप्रति आस्थावान व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा आपसी सद्भाव, एकता, सहकार्य र संगठनात्मक सुदृढीकरणप्रति प्रतिबद्धता व्यक्त गरिएको नेकपा (एमाले) बाँफिकोट गाउँकमिटीका अध्यक्ष भुपलाल केसीले जानकारी दिनुभयो ।

उहाँले चाडपर्वले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन उपस्थित भई साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण अतिथि, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य नन्दराम देवकोटा, कर्णाली प्रदेश सभा सदस्य एवं एमाले नेतृ तुलसा मल्ल, पार्टीका जिल्ला तहका नेता, स्थानीय नेता–कार्यकर्ताहरुकाे सहभागीता रहेको थियो  ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार