कविता – सरकार तलब नबढा !

तँ सँग हिक्मत छ भने , सरकार तलब नबढा !

कविता – सरकार तलब नबढा !

तँ सँग हिक्मत छ भने , सरकार तलब नबढा !

सरकार तलब वृद्धि किन?
गरिबहरुको ढाड सेक्न ?
विपन्नहरुको बस्ती उजाड गर्न ?
मजदुरहरुको उठिबास लगाउन ?
किसानहरुको हरिबिजोग गराउन ?
नेपालीहरुलाई ऋणको भारी थपन ?
तिल्के दमाईको मनोबल गिराउन ?
कि,
अस्मिता मैयाँको प्रसव पीडामा मलम लगाउन ?
तँ सँग हिक्मत छ भने 
सरकार तलब नबढा !
बरु,
कोरोनाको महामारीमा रहेका नेपालीहरुलाई
अस्पताल दे !
औषधी दे !
एम्बुलेन्स दे !
स्वास्थ्यकर्मी दे !
अक्सिजन दे !
आसियु दे !
भेन्टिलेटर दे !
आसुलेसनमा बसेकालाई परामर्श दे !
गरिबहरुलाई सिटामोल दे !
उच्च मनोबल दे  !
फलफूल दे !
पेटभरि खाना दे !
मलम दे !
मनोविज्ञानको किताब दे !
कम्तिमा ,
यति त गर सरकार !
बरु ,
तैंले यसो गर सरकार 
स्वास्थ्यकर्मीलाई बढी तलब दे
स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दे
स्वास्थ्यकर्मी कुट्नेलाई सजायाँ दे
तानाशाहहरुलाई लखेटी दे
अंध्यारोलाई हटाइ दे
माफियाहरुलाई डाँडो कटाई दे
भ्रष्टाचारीहरुलाई जेल दे
कमिशनखोरहरुलाई जुत्ता दे
सार्वभौमिकतालाई बचाइ दे
स्वाधीनता कायम गरि दे
संविधान बचाइ दे
विहारीहरुलाई नागरिकता न दे
गुमेका भूमि फिर्ता ले
सास जाने बेला – बेला अस्पताल आउनु न भन्दे 
सबै संक्रमित आत्माहरुलाई बचाइ दे 
सबै नेपालीहरुलाई खोप दे।
प्लिज,
सरकार तलब नबढा ।
– २०७८/०२ /१४

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार