सामुदायीक विकास केन्द्रद्धारा स्वास्थ सामाग्री हस्तान्तरण

चन्द्र रसाइली

सामुदायीक विकास केन्द्रद्धारा स्वास्थ सामाग्री हस्तान्तरण

चन्द्र रसाइली

रुकुम पूर्व । सामाजिक रुपान्तरणको अभियान चलाईरहेको बहुद्धेश्यीय सामुदायीक विकास सेवा भूमे २ ले कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा सहयोग पुर्याउन भूमे गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

परियोजनाका अधिकृत सुजाता भण्डारीले आज भूमे गाउँपालिका रुकुम पूर्वको कोभिड अस्थायी अस्पताल भूमे २ काँक्रीमा पुगेर सामाग्री हस्तान्तरण गरिएको बताउँनुभयो । हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा सेनिटाइजर ५लिटर ,सर्जिकल मास्क १५०० ठान, सर्जिकल ग्वोलव्स २ वक्स, पिपिइ ५ सेट, ह्याण्ड वास ३० पिस, प्लाष्टिक ट्रे १० पिस, टप ग्वोलब्स ५ बक्स र सोडियम हाइपो क्लोराइड ५ लिटर रहेको बताईएका छ ।

करिब ४१ हजार बराबरको स्वास्थ्य सामाग्री भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढालाई हस्तान्तरण गरिएको हो । अध्यक्ष बुढाले बहुद्धेश्यीय सामुदायिक विकास सेवा भूमेलाई धन्यवाद दिनहुदै आगामी दिनहरुमा सहकार्य गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर , स्वास्थ्य संयोजक उपेन्द्र यादव, कोभिड अस्थायी अस्पतालका मेडिकल अधिकृत डा. अशोक कुमार महतो, बहुद्धेश्यीय सामुदायिक विकास केन्द्रका परियोजना अधिकृत सुजाता भण्डारी, सामुदायिक परिचालक मदन बुढा लगायतको उपस्थिति रहेको थियो ।

उक्त संस्थाले भूमे गाउँपालिका २ मा रहेका विद्यालयहरुमा शैक्षिक सामाग्री, शिक्षकलाई तालिम, स्वास्थ्य तथा सरसफाई जिविकोपार्जन,वातावरणिय संरक्षण विपद जोखिम न्यूनिकरण समुहको क्षमताविकास सम्बन्धि कार्यक्रम पनि गर्दै आएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार