रुकुमका यी स्थानहरुमा आजदेखि विद्युत अनियमित हुने

रुकुमका यी स्थानहरुमा आजदेखि विद्युत अनियमित हुने

मुसिकोट ।
रुकुम पश्चिमको केहि स्थानमा आज देखि असार २५ गतेसम्म विद्युत सेवा अनियमित हुने भएको छ । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले दिएको जानकारी अनुसार जिल्लाको मुसिकोट नगरपालिका ३ , धैरेनीचौरमा निर्माणाधिन सवस्टेशन संचालन गर्नका लागि सल्यान सितलपाटी सवस्टेशनदेखि रुकुम पश्चिम आउने लाईनलाई ३३ केभिमा चार्ज गर्नु पूर्व मर्मत संभार तथा सुधार गर्नुपर्ने भएकोले विद्युत अनियमित हुने नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले बताउँनुभयो ।

उहाँका अनुसार सोलाबाङ्ग , पेउघा , बैरागिठाटी , सिमुतु , झुल्नेटा लगायतका स्थानहरुको आज बिहान ७ बजे देखि साँझ ६ सम्म विद्युत सेवा अनियमित हुने भएको हो ।

साथै मर्मत सम्भारको समयमा जिल्लाको विद्युत सप्लाइ अवरुद्ध नहोश भनी जाजरकोटस्थित कुदु ससस्टेसनबाट रुकुम पश्चिम तथा रुकुम पुर्वसम्म बत्ती बाल्ने गरि बैकल्पिक ब्यवस्था मिलाइएको केन्द्र प्रमुख  भट्टराईले बताउँनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार