आइफोन १३ सार्वजनिक गर्ने एप्पलको तयारी

आइफोन १३ सार्वजनिक गर्ने एप्पलको तयारी

एप्पलले बहुप्रतिक्षित आइफोन–१३ अर्को महिना सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो रिपोर्टअनुसार अमेरिकी मल्टिनेसनल कम्पनीले आफ्नो सर्वाधिक चर्चित र सफल ग्याजेटको नयाँ मोडेल आगामी सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

आइफोनको नयाँ मोडलका लागि प्रि–बुकिङ सेप्टेम्बर १७ देखि सुरु गरिने छ भने सेप्टेम्बर २४ देखि बजारमा पठाउने कम्पनीको तयारी छ । गिज्मोचाइनाले शुक्रबार जारी गरेको रिपोर्टअनुसार एप्पपलका आइफोन १३ चिनियाँ ई–कमर्स वेबसाइटहरूमा सूचीकृत भइसकेका छन् ।

एप्पपले आइफोन १३ मा चार वटा नयाँ मोडेल सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसमा ५.४ इञ्चको आइफोन १३ मिनी, ६.१ इञ्चको आइफोन १३, ६.१ इञ्चको आइफोन १३ प्रो र ६.७ इञ्चको आइफोन १३ प्रो म्याक्स हुन सक्ने बताइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार