अखिल (क्रान्तिकारी) रूकुम पश्चिमको अध्यक्षमा केसी

अखिल (क्रान्तिकारी) रूकुम पश्चिमको अध्यक्षमा केसी

मुसिकोट । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रूकुम पश्चिमको अध्यक्षमा विद्यार्थी नेता नारायण केसी निर्वाचित हुनुभएको छ । मंगलबारबाट सुरू भएको संगठनको २६ औं जिल्ला सम्मेलनले बुधबार केसीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा विशाल बिष्ट, निराजन केसी र समकृति पुन, सचिव खुमराज ओली, सह-सचिव रामबहादुर बिष्ट, भिमदत्त बुढाथोकी र निर्मला बुढाथोकी र कोषाध्यक्षमा किरण विश्वकर्मा रहनुभएको छ ।

त्यस्तै सम्मेलनले सांगठनिक र आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । दुवै प्रतिवेदन २६ औं जिल्ला सम्मेलन आयोजक समिति संयोजक शुशिल बिष्टले पेश गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार