मेला हेर्न आएकी बालिका बलात्कृत, अवस्था गम्भिर

मेला हेर्न आएकी बालिका बलात्कृत, अवस्था गम्भिर

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोटमा एक बालिका बलात्कृत भएकी छिन् । जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ की अन्दाजि १४ बर्षकी बालिका बुधबार बेलुका आठबिसकोट नगरपालिकाको वडा नम्वर १४ मा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जाजरकोटबाट बाँकेज्युलामा लागेको मेलाको अवसरमा आयोजित भलिबल खेल हेर्न आएकी उनलाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर १४ पीपलचौरका २६ बर्षका झलक जैसीले बलात्कार गरेको भन्दै बालिकाको बुवाले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई बुधबार राती आठबिसकोट स्थित नगर अस्पताल पुर्याईएको थियो ।  नगर अस्पतालमा सामान्य उपचार पछि उनलाई थप उपचारको लागि आज दिउँसो नेपालगञ्ज रिफर गरिएको नगर अस्पतालले जनाएको छ ।

प्रहरी निरीक्षक शर्माका अनुसार उनको अत्याधित रक्तश्राव भैरहेको जनाईएको छ । घटनाको अनुसन्धान भैरहेको र अभियुक्तको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार