दिल्लीका सबै विद्यालयमा पढाइ

दिल्लीका सबै विद्यालयमा पढाइ

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ।  कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरू भएको हो ।

विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ।

आधा आधा विद्यार्थी एक एक दिन आलोपालो गरेर विद्यालय बोलाउने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

त्यसैगरी विद्यालय प्रवेश गर्नुअघि प्रवेशद्वारमा तापक्रम नाप्नुपर्ने, हातमा सेनिटाइजर लगाउनुपर्ने, मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका नियमहरू पनि लगाइएको छ।

माथिल्लो तहका विद्यार्थीहरूलाई भने अघिल्लो महिनादेखि नै विद्यालयमै उपस्थित गराएर अध्यापन गराउन थालिएको थियो।  दिल्लीको प्रकोप व्यवस्थापन प्राधिकरणले नोभेम्बर १ देखि सबै विद्यालयमा सबै विषय पढाइ गराउन अघिल्लो हप्ता सूचना जारी गरेको थियो । (एएनआई)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार