चौरजहारी नगरपालिकाको १४ औँ नगर सभा सम्पन्न

चौरजहारी नगरपालिकाको १४ औँ नगर सभा सम्पन्न

चौरजहारी नगरपालिकाको १४ औं नगर सभा सञ्चालन गर्नुहुँदै सभाध्यक्ष विशाल शर्मा ।

मुसीकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको १४ औं नगर सभा सम्पन्न भएको छ । सोमबार नगर सभाले विभिन्न १२ प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

नगर सभाले केही दिन अघि दिवंगत हुनु भएका सभा सदस्य पुष्कर रानाप्रति श्रद्धाञ्जली अर्पन गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

यस्तै चालु आर्थिक वर्ष २०७८/०७९ साउन १ गतेदेखि माघ २२ गतेसम्मको प्रगति समीक्षा गरिएको छ । नगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम संशोधन गरेको छ ।

नगर सभाले नगर कार्यपालिकाबाट पारित विभिन्न ऐन‚ नियम‚ कार्यविधि‚ निर्देशिका तथा अन्य कानून पारित गरेको छ । नगरपालिकाको स्वास्थ्य नीति २०७८‚ सामाजिक समावेशीकरण नीति २०७८ पारित गरेको छ ।

यसका सथौ नगर सभा सम्पन्न गर्न सहयोग गर्ने नगर सभाका सदस्यज्यूहरु , कर्मचारीहरु लगाएत सबैलाई हार्दिक धन्यबाद ।

नगर सभाबाट पारीत प्रस्तावहरु : 

नगरसभा सदस्य पुष्ते रानाको मिति २०७८/१०/२० गतेका दिन असामयिक निधन भएकोले मृतक आत्माको चिर शान्तिको कामना सहित परिवार प्रति हार्दिक समवेदना प्रकट सम्बन्धी शोक प्रस्ताव ।

आर्थिक वर्ष २०७८/०७९ को श्रावन १ गतेदेखि माघ २२ गतेसम्मको आय र व्यय सार्वजनिकरण तथा प्रगति समीक्षा सम्वन्धी प्रस्ताव ।

चौरजहारी नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम संशोधन सम्वन्धी प्रस्ताव ।

चौरजहारी नगरपालिका, नगर कार्यपालिकाको मिति २०७८/०४/०१ गतेदेखि हालसम्म विभिन्न मितिमा बसेको बैठकले पारित गरेका विविध कार्यक्रम, रकमान्तर, निर्णय, विविध ऐनरनियमरकार्यविधिरनिर्देशिका र अन्य कानून तथा अन्य विविध समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव ।

आर्थिक वर्ष २०७८/०७९ को आर्थिक कारोबारको अन्तिम लेखापरीक्षणको प्रारम्भिक लेखापरिक्षण प्रतिवेदनमाथि छलफल तथा प्रतिक्रिया सम्वन्धी प्रस्ताव

चौरजहारी नगरपालिका स्वास्थ्य नीति, २०७८ को मस्यौदा सम्बन्धी प्रस्ताव,

चौरजहारी नगरपालिकाको सामाजिक समावेशीकरण नीति, २०७८ को मस्यौदा सम्बन्धी प्रस्ताव,

चौरजहारी नगरपालिकाको नगरबस सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७६ को परिच्छेद-२ को दफा ९६० को संशोधन प्रस्ताव,

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित आयोजनाहरुमा नगरपालिकाबाट साझेदारी गरी बाँडफाँड गरेको रकम तथा कार्यक्रम अनुमोदन सम्बन्धी प्रस्ताव ।

चौरजहारी नगरपालिकामा बालुवा, गिट्टी, ढुङ्गा र दहत्तर बहत्तर बिक्री वापत संकलन हुने राजश्व प्रदेश सरकारसँग बाँडफाँड नगरी नगरपालिकाको सञ्चित कोषमा आन्तरिक आयतर्फ जम्मा गर्ने मिति २०७८/१०/२० गतेको नगरपालिकाको निर्णय अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव ।

आर्थिक वर्ष २०७८/०७९ को लागि संघ तथा प्रदेशबाट प्राप्त थप बजेट सहीतको कार्यक्रमहरु अनुमोदन सम्बन्धी प्रस्ताव ।

तिर्सेखोला घर्तिकाँडा सडक निर्माण गर्नको लागि नगर कार्यपालिकाबाट स्वीकृत भएको प्रारम्भिक वातावरणिय परीक्षण प्रतिवेदनलाई अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव ।
लगाएतका महत्वपुर्ण प्रस्तावहरु माथि छलफल गरि पारित गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार