आठविसकोटमा बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट

आठविसकोटमा बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट

मुसिकोट। दशैं तिहार लगायत चाडपर्वको मौका छोपी बजारमा हुने कालोबजारि रोक्न रुकुम पश्चिममा बजार अनुगमन शुरु गरिएको छ ।

म्याद गुज्रेका खाद्यवस्तुहरु बेच्न नपाउन र कृत्रिम अभाव हुननदिन जिल्लाका ६ वटा स्थानीय तहहरुले विभिन्न ठाउँमा चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिईरहेका छन ।

यसै अन्तरगत बिहिबार जिल्लाको आठविसकोट नगरपालिकास्थित सिमबजार र राडिबजारमा सञ्चालनमा रहेका करिब एक सय खाद्य तथा किराना पसल, नास्ता पसल, तरकारी तथा फलफुल पसल र औषधि पसलको अनुगमन गरिएको आठविसकोट नगरपालिका योजना शाखा प्रमुख रत्न परियारले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा एउटै सामानहरुमा पनि मूल्य पसल अनुसार फरक फरक पाईएको थियो । अनुगमन टोलीले तोकीएकै मुल्यमा सामानहरु बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ ।

अनुगमनको क्रममा केहि पसलहरुबाट म्याद गुज्रेका पेय पर्दाथ, बेसार, चाउचाउ, बिस्कुट, आटा, नुन, कुरमुरे बरामद गरि नियन्त्रणमा लिईएको छ भने दर्ता तथा नविकरण नभएका व्यवसायीहरुलाई तत्काल व्यवसाय दर्ता, नविकरण गर्न निर्देशन दिईएको योजना शाखा प्रमुख परियारले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा करिब १ लाख ५० हजार रुपैया मुल्यका म्याद गुज्रिएका सामानहरु जफल गरिएको छ। व्यवसायीहरुलाई पहिलो पटक सुझाव दिईएको र सुझाव पुरा नभएमा उपभोक्ता संरक्षण ऐन अनुसार कारबाहि गरिने नगरपालिकाले जनाइएको छ ।

बजार अनुगमन कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि राज शाहले जानकारी दिनुभयो छ ।

उहाँका अनुसार आठबीसकोट नगरपालिकाको नेतृत्वमा उद्योग वाणिज्य महासंघ आठबीसकोट, नेपाल पत्रकार महासंघ रुकुम, सुरक्षा निकायका प्रतिनिधि, सम्बन्धित वडाका जनप्रतिनिधिको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको थियो ।

त्यस्तै बरामत गरिएका अखाद्य सामाग्रीहरु शुुक्रबार नगर उप-प्रमुख धनकुमारी शाही, प्रमुख प्रशासकिय अधिकृत मणि राज शाह, शिक्षा अधिकृत इन्द्रबहादुर विष्ट, नगर प्रहरी प्रमुख निरज विक, उद्योग वाणिज्य महासंघका राम बहादुर मल्ल, वडा नम्बर ९ का वडा अध्यक्ष जनकबहादुर बटाला र ईलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी हवलदार कर्ण सिरिस लगायतको रोहवरमा नष्ट गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार