घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

बैशाख १३ काठमाडौ

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण भोलिबाट सुरु हुने मुस्लिम समुदायको महान पर्व रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार अध्यक्ष अन्सारीले महामारी कुनै जात र धर्मलाई लक्षित गरी नआउने भन्दै लकडाउनको पूर्णरुपमा पालना गर्ने सबै नागरिकको दायित्व भएको बताउनु भएको छ ।

मुस्लिम समुदायको जमातीमा वीरगञ्जबाट संक्रमण सुरु भएको र उदयपुरमा पनि ठुलो संख्यामा संक्रमण देखिएको प्रति मुस्लिम आयोग गम्भीर भएको उहाँले बताउनु भयो।

यस्तै उहाँले हिजो र आज काठमाडौ उपत्यकाका विभिन्न मस्जिदमा रहेका सबैको स्वाब परीक्षण गराइसकेको जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार