भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीलगायत पक्राउ

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीलगायत पक्राउ

वैशाख ३० काठमाडौं
भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेको विरोध प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी कृष्ण पहाडी लगायत पक्राउ परेका छन ।

लैनचौरस्थित भारतीय दूतावास अगाडि आज बिहान प्रदर्शन गर्ने पहाडी लगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको मानव अधिकार तथा शान्ति समाजका एक अभियन्ताले जानकारी दिए ।

प्रदर्शनमा उत्रिएकाहरूले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’, ‘अतिक्रमण बन्द गर’ लगायत प्लेकार्ड बोकेर भारतीय रवैयाविरुद्ध प्रदर्शन गरेका थिए ।

भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि यसको आलोचना भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार