मुसिकोटको आफ्नै लोगो

मुसिकोटको आफ्नै लोगो

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आफ्नै लोगो तयार गरेको छ ।

नगरपालिकाको पहिचान झल्काउने गरी तयार भएको लोगो कामकाजमा प्रयोग हुन थालेको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो ।

नगरपालिकाले लोगो डिजाईनका लागि २०७९ चैत ३० गते सार्वजनिक रुपमा सूचना जारी गरिएको थियो । सूचना अनुसार मुसिकोट नगरपालिका १ निवासी कुबेर केसीले तयार पार्नुभएको लोगो उत्कृष्ट छनौट भएको थियो । सोहि लोगोलाई जेठ ११ गतेको नगर कार्यपालिका बैठकले औपचारिक रुपमा कामकाजमा ल्याउने निर्णय गरेको थियो ।

“मुसिकोट नगर, खुशि नागरिक समृद्ध शहर” भन्ने मूल नारा अंकित लोगोमा नगरपालिका स्थित धार्मिक, पर्यटकिय र ऐतिहासिक क्षेत्रहरु समेटिएको छ । जसमा कर्णालीको प्रशिद्ध डिग्रे साईकुमारी मन्दिर, मुसिकोटको नक्सा, सानीभेरी नदि र १४ वडालाई समेट्नेगरी लालिगुराँस अंकित गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले आफ्नै लोगो बनाएर प्रयोगमा ल्याउन सक्ने भनेर गरेके प्रावधान अनुरुप लोगो तयार गरिएको मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । यो लोगो कार्यालयको औपचारिक कार्यमा प्रयोग गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार