प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका सांसद सहित १५ जना पक्राउ

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका सांसद सहित १५ जना पक्राउ

असार १० काठमाडौ
रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका गएका सांसद सहित १५ जनालाई प्रहरीले लाठी प्रहार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि उनीहरुलाई प्रहरीले लाठी प्रहार गरेको हो । संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो

पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियारसहित सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहेका छन् । ज्ञापन पत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए ।
पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको छ । लाठी प्रहारपछि सांसद लक्ष्मी परियारको हातमा चोट लागेको दाहालले जानकारी गराए ।
गत १० जेठमा अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज र उनका पँच जना साथीको हत्या भएपछि संघर्ष समितिले काठमाडौंमा नियमित आन्दोलन र विरोधका कार्यक्रम गरिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार