गण्डकीमा थप ३२ जनामा कोरोना सङ्क्रमण

गण्डकीमा थप ३२ जनामा कोरोना सङ्क्रमण

काठमाडौं ।  गण्डकी  प्रदेशका ४ जिल्लामा ३२ जना नयाँ काेराेेेेना भाइरसका सङ्क्रमित थपिएका छन।

नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका  ४ महिला सहित १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङका १ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ताबिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार ६३ मध्ये २ सय ९६ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा दुई जनाको ज्यान गएको  छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार