कर्णाली प्रदेश भित्रिन पीसीआर रिपोर्ट अनिवार्य

कर्णाली प्रदेश भित्रिन पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौँ । समुदायस्तरमा र अन्य प्रदेशबाट आएका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि भदौ १ गतेदेखि कर्णाली प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट आवश्यक पर्ने भएको छ । प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट नेगेटेभ आवश्यक पर्ने निर्णय गरेको हो । पछिल्लो समय कोरोना सङ्क्रमण जोखिम बढ्दै गएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबई, सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट र सुर्खेतको पश्चिममा रहेको कुइने नाकामा कडाइ गरिनुका साथै पीसीआर रिर्पोट तीन दिन अगाडिको हुनुपर्ने निर्णय गरिएको छ ।

यस्तै व्यवस्थापन केन्द्रले अति आवश्यक कामका लागि बाहिर जाने सरकारी कर्मचारी, जनप्रतिनिधिलाई पनि आउँदा र जाँदा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या दुई हजार ५२ रहेको छ । तीमध्ये एक हजार नौ सय एक जना निको भएर घर फर्किएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार