स्यार्पूको पर्यटन प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य हो : अध्यक्ष देवकोटा

स्यार्पूको पर्यटन प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य हो : अध्यक्ष देवकोटा

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको स्यार्पू तालमा असोज ११ गतेदेखि २१ गतेसम्म सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदैछ । बाँफिकोट गाउँपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको व्यवस्थापनमा राष्ट्रिय कलाकारको प्रस्तुति तथा व्यापारिक स्टल सहितको महोत्सव हुने भएको हो । स्यार्पूताललाई चिनाई स्यार्पूको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित महोत्सव सञ्चालन गर्न लागिएको हो । यसै सन्दर्भमा महोत्सव व्यवस्थापक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटासँग महोत्सवको तयारी लगायतको बिषयमा उजेली न्यूज डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

महोत्सवको तयारी कहाँ पुग्यो ?
प्रचारप्रसार, स्टलको घेरबार लगायत काम भएका छन् । कुन कलाकार ल्याउने, कस्ता कार्यक्रमहरु गर्ने भन्ने बारेमा पनि हामि तयारीमा छौँ। पालिकाले लाउदै आएको महोत्सव यो बर्ष हामिले अलि बिशेष रुपमा लाउदै छौँ । महोत्सवलाई सफल बनाउन हामी तिव्र तयारीमा लागेका छौँ । घेरबार, फिल्ड व्यवस्थापनको काम भैरहेको छ । त्यसको लागि सामान पनि हामिले ल्याईसकेका छौँ।

सधै गाउँपालिकाले लगाउदै आएको महोत्सव यो पटक चाहि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले किन लगाउन लागेको हो ?

गाउँपालिकाले नियमित रुपमा लगाउदै आएको महोत्सव नभै स्यार्पु पर्यटन तथा साँकृतिक मेला थियो । जुन कार्यमा स्थानीय सरकारले लाखौँ खर्च गर्ने तर उपलव्धि सुन्य हुने परम्परा हामि माँझ थियो । यस पटक सर्वदलिय, सर्वपक्षिय छलफलबाट स्थानीय सरकारको सुन्य लगानीमै कार्यक्रम गर्ने, उल्टो स्थानीय सरकारलाई यो महोत्सवबाट कर समेत संकलन हुने भए पछि यसमा सवैको सहमति भए र हामिले महोत्सव लगाउने भएका हौ ।

महोत्सवको मुल उद्देश्य चाहि के हो ?
महोत्सवको मुल उद्देश्य भनेको मुलुकभरका सय गन्तव्य स्थलहरु मध्यको हाम्रो जिल्लाको एक मात्र स्यार्पुताल हो । यसको प्रचारप्रसार संरक्षण र प्रर्वद्धन गर्नु जिल्लाबासी सबैको दायित्व हो । तर्सथ मुख्य गरि स्यार्पुताललाई देश तथा विदेश चिनाउने र पर्यटकिय गन्तव्य बनाउन टेवा पुर्याउने, नजिकिदै गरेका दशै तिहार जस्ता चाडपर्वहरुलाई मध्यनजर गरि पहिलो पटक बाँफिकोटमै सुलव मुल्यमा दैनिक उपभोग्य तथा सम्पुर्ण लत्ताकपडाहरु उपभोक्तालाई विक्रि वितरण गर्न र संगसंगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुका प्रस्तुतिमा रम्ने र रमाउने अवसर त छदैछ । त्यस्तै महोत्सव मार्फत स्थानीय सिङ्गारु, पैंसेरु, ख्यालि, टप्पा, मयुर र पञ्चेवाजा लगायत झाँकिहरुको प्रर्दशन गरि स्थानीय कला सँकृतिको जर्गेना गर्नु पनि हाम्रो उद्श्य हो । स्थानीय उत्पाद, अग्रानिक खानाको स्टल पनि हामिसँग हुने छ ।

यो भन्दा पहिलाका जिल्लाका अन्य ठाउँमा मेला महोत्सव लगाउदा विभिन्न कारण देखाउदै महोत्सव लगाउन नदिने, रोक्ने कार्य हुन्थ्यो । बाँफिकोटमा पनि त्यस्ता गतिविधि त भएका छैनन् नी ?
स्थानीय सरकार संचालन ऐन–२०७४ को दफा ६४ खण्ड (ङ) १ बमोजिम अनुमति दिईनु पर्दछ । यो कसैले दिने वा लिने एवंम कुनै पनि प्रकारको बार्गेनिङको विषय होईन । विगतका वर्षहरुमा हुने गरेका अभ्यासहरु ब्यवहारिक पक्ष हुन । कानुनि कुरा होईनन् । तसर्थ बाँफिकोटमा हामिले विगतका वर्षहरुको जस्तो समस्या झेल्नु परेन । हाम्रो प्रस्तावलाई सरकारले सजिलै स्वीकार गर्यो र गर्नपथ्र्यो ।

महोत्स लगाउने क्षेत्र सानो छ । दर्शक र त्यहाँ आउने पाहुनाको व्यवस्थापनको कुरामा आयोजकले के सोचेको छ ? कसरी व्यवस्थापन गर्ने योजना छ ?
महोत्सव स्थल आसपासका गाउँमा थुप्रै पटक होमस्टे तालिमहरु संचालन भए र स्थानीयहरु एउटा घरमा कम्तिमा पनि दश जनालाई पारिवारिक वातावरणमा खुवाउन र बसाल्न तयार हुनुहुन्छ । हामिले आंकलन गरेको बाहिरबाट आउने पाहुनाहरुलाई व्यवस्थापनको कुनै पनि प्रकारको समस्या नहुने हामिले बुझकेका छौ ।

महोत्सव स्थल सम्म पुग्ने सडकको अवस्था कस्तो छ ?
बर्षायाममा केहि खाल्डा खुल्डि र पहिरो खस्नु स्वभाविक हो । तै पनि अहिले स्यार्पुताल छेउबाटै दाङ, नेपागञ्ज र सदरमुकाम सम्म नियमित सवारी साधन चलिरहेका छन् । यो महोत्सव र अन्य चाडहरुलाई मध्यनजर गरि सडक मर्मतको काम पनि चलिरहेको छ । तसर्थ आवत जावतमा सडकको कारण खासै समस्या हुदैन । यसको स्थानीयसरकाले सहयोग गरिरहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार